त्यस बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफूले भोग्नुपर्ने दु:खको बारेमा सोझै भन्न लाग्नुभयो। उहाँले भन्नुभयो, “मैले यरूशलेम गएर अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूबाट दु:ख भोग्नुपर्छ, आखिरमा म मारिनेछु, तर तेस्रो दिनमा म फेरि मरेकोबाट बिउँतनेछु।” यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर सम्झाउँदै भने, “परमेश्वरले यस्तो हुन नदेऊन्। प्रभु! यस्तो त तपाईंलाई कहिल्यै पनि नहोस्।” येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “ए शैतान, मेरो पछि हट्। तँ मेरो बाटोमा ठेस लाग्ने ढुङ्गा राख्न खोज्छस्! तेरो यो विचार परमेश्वरबाटको होइन, तर मान्छेबाटको हो।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ किनभने आफ्नो ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ। तर आफ्नो ज्यान मेरो लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ। मानिसले जम्मै संसार नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? उसले गुमाएको आत्मा फेरि केले फिर्ता गर्छ र? किनभने म मानव पुत्र आफ्नै पिताको महिमा लिएर स्वर्गदूतहरूको साथमा आउँदा सबै मानिसहरूलाई आ-आफ्नो कामअनुसारको इनाम दिनेछु।
मत्ती 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 16:21-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू