येशूले भन्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्छौ त?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ।” येशूले भन्नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो। अब म तिमीलाई भन्छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्थर’ हो)। यही पत्थरको जगमा म आफ्नो मण्डली खडा गर्नेछु अनि मृत्युका सबै शक्तिहरूले पनि यसलाई जित्न सक्नेछैनन्। स्वर्गको राज्य खोल्ने साँचाहरू म तिम्रो हातमा दिनेछु। जे तिमीले यस पृथ्वीमा बाँध्नेछौ, त्यो स्वर्गमा पनि बाँधिनेछ अनि जे तिमीले यस पृथ्वीमा फुकाउँछौ, त्यो स्वर्गमा पनि फुकाइनेछ।”
मत्ती 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 16:15-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू