चेलाहरूले भने, “हामीहरूसँग त जम्मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” येशूले भन्नुभयो, “खै रोटी र माछा मकहाँ ल्याओ त।” येशूले मानिसहरूलाई चउरमा बस्न लगाउनुभयो। त्यसपछि पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो। उहाँले रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिनुभयो। चेलाहरूले लगेर मानिसहरूलाई बाँडिदिए। सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए।
मत्ती 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 14:17-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू