“मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले मैले बटुलेको पनि छरपस्ट गरिदिन्छ। यसकारण म तिमीहरूलाई भन्छु, मानिसले गरेको सबै पाप र निन्दाहरू मेटिन सक्छ, तर पवित्र आत्माको निन्दा गर्ने पापचाहिँ मेटिनेछैन। म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्यै पनि माफ गरिनेछैन। “सप्रेको फल फल्न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्छ। हे विषालु सर्पका सन्तानहरू हो! दुष्ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्छौ? जे मनमा छ, त्यही नै मानिसले बोल्दछ। असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ। म तिमीहरूलाई भन्छु, नचाहिँदो कुरा बोल्नेले न्यायको दिनमा त्यसको एक-एक लेखा दिनुपर्नेछ। तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।” केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्ह देखाउनुहोस्, हामी हेर्न चाहन्छौं।” येशूले भन्नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्ट र व्यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर अगमवक्ता योनाको चिन्हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन् किनभने जसरी योनाले ठूलो माछाको पेटभित्रै तीन दिन र तीन रात बिताए, त्यसरी नै मानव पुत्रले पनि तीन दिन र तीन रात माटोमुनि बिताउनेछ। न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापबाट पश्चात्ताप गरे। तर हेर, योनाभन्दा पनि ठूलो यहाँ कोही छ। न्यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाको ज्ञानको कुरा सुन्न तिनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो यहाँ कोही छ।
मत्ती 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:30-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू