मत्ती 10:34-37
मत्ती 10:34-37 सरल नेपाली
“म पृथ्वीमा मेलमिलाप ल्याउन आएको हुँ भन्ने नसम्झ। म मेलमिलाप ल्याउन होइनँ, तर तरवार चलाउन पो आएको हुँ। म त छोरालाई आफ्नै बुबाको विरोधमा, छोरीलाई आमाको विरोधमा र बुहारीलाई सासूको विरोधमा जुधाउन आएको हुँ। मानिसको ठूलो शत्रुचाहिँ आफ्नो घरकै मानिस हुनेछन्। मलाई भन्दा आफ्ना आमा-बुबालाई बढी माया गर्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन। त्यसै गरी मलाई भन्दा आफ्ना छोरा-छोरीलाई बढी माया गर्ने पनि मेरो चेला बन्ने लायकको हुँदैन।

