यस्तो विचार गरिरहँदा परमप्रभुका स्वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्याउन नडराऊ। उनको गर्भ त पवित्र आत्माबाट रहेको हो। उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्नू किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।” परमेश्वरले अगमवक्ताबाट बोल्नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो– “हेर, कन्येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्मानुएल भन्नेछन्।” इम्मानुएल भनेको चाहिँ परमेश्वर हामीसित हुनुहुन्छ।
मत्ती 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 1:20-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू