अब येशू ख्रीष्टको जन्म यसरी भयो– उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्माबाट गर्भवती भएकी थिइन्। योसेफ धर्मी मानिस थिए। त्यसो हुँदा उनले मानिसको सामुन्ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्क त्याग्ने विचार गरे। यस्तो विचार गरिरहँदा परमप्रभुका स्वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्याउन नडराऊ। उनको गर्भ त पवित्र आत्माबाट रहेको हो।
मत्ती 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 1:18-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू