YouVersion लोगो
खोज आइकन

लूका 4:3-13

लूका 4:3-13 सरल नेपाली

त्‍यति बेला नै शैतानले येशूलाई भन्‍यो, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यस ढुङ्गालाई रोटी होइजा भन्‍नुहोस् अनि रोटी हुनेछ।” येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– खानेकुराले मात्र मानिस बाँच्‍दैन।” त्‍यसपछि शैतानले येशूलाई अग्‍लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्‍यहरू देखाउँदै उहाँलाई भन्‍यो, “म तपाईंलाई यी सबै राज्‍यको राजा र यी सबै धन-दौलतको मालिक बनाउन सक्‍छु किनभने यी जम्‍मै मेरा हातमा छन् र मैले चाहेकालाई दिन सक्‍छु। मलाई ढोग्‍नुहोस् र यी सबै थोक तपाईंकै हुनेछन्।” येशूले त्‍यसलाई जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा के लेखिएको छ, सुन्– तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई मात्र ढोग् र उहाँकै आदर गर्‌।” अब शैतानले येशूलाई यरूशलेममा लग्‍यो र मन्‍दिरको टुप्‍पामा पुर्‍याएर भन्‍यो, “यदि साँच्‍चै तपाईं परमेश्‍वरकै पुत्र हुनुहुन्‍छ भने लौ तपाईं यहाँबाट तल हामफाल्‍नुहोस् किनभने धर्मशास्‍त्रमा यसरी लेखिएको छ– तिम्रो हेरचाहा गर्न परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूतहरूलाई खटाउनुहुनेछ र तिम्रो खुट्टामा ढुङ्गाले चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्‍नेछन्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो पनि भनिएको छ– तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरको जाँच नगर्‌।” शैतानले येशूलाई अनेक किसिमले परीक्षामा पारेर पापमा फसाउन खोजिसकेपछि फेरि मौका नपरूञ्‍जेलसम्‍मको लागि छोडेर गयो।

लूका 4 पढ्नुहोस्