YouVersion लोगो
खोज आइकन

लूका 4:17-21

लूका 4:17-21 सरल नेपाली

उहाँलाई यशैयाले लेखेको पुस्‍तक पढ्‍न दिइयो र पुस्‍तक खोलेर उहाँले यस्‍तो लेखिएको ठाउँ निकालेर पढ्‍नुभयो– प्रभु परमेश्‍वरले आफ्‍ना आत्‍मा ममाथि खन्‍याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्‍कारा दिन, अन्‍धाहरूलाई देख्‍ने बनाउन, अत्‍याचारमा परेकाहरूलाई उठाउन र आफ्‍ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्‍वरले मलाई नै छान्‍नुभएको छ। त्‍यसपछि येशूले पुस्‍तक बन्‍द गरी फिर्ता दिएर बस्‍नुभयो। त्‍यहाँ भएका सबैले मक्‍ख परेर उहाँलाई हेरिरहेका थिए अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रको यो कुरा आज तिमीहरूले सुन्‍दासुन्‍दै पूरा भएको छ।”

लूका 4 पढ्नुहोस्