YouVersion लोगो
खोज आइकन

लूका 4:17-21

लूका 4:17-21 NNRV

उहाँलाई यशैया अगमवक्ताको पुस्‍तक दिइयो। उहाँले त्‍यो पुस्‍तक खोल्‍नुभयो, र यो कुरो लेखिएको खण्‍ड निकाल्‍नुभयो: “परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति, र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ।” उहाँले पुस्‍तक बन्‍द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्‍नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्‍यो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज धर्मशास्‍त्रको यो वचन तिमीहरूले सुन्‍दासुन्‍दै पूरा भएको छ।”