पवित्र आत्माको शक्ति पाएर येशू गालीलमा फर्कनुभयो। उहाँको बारेमा चारैतिर चर्चा हुन लाग्यो। उहाँले सभाघरहरूमा सिकाउनुभयो र सबैले उहाँको प्रशंसा गरे। येशू आफू हुर्केको सहर नासरतमा आइपुग्नुभयो। सधैँजस्तै उहाँ विश्रामको दिन सभाघरमा जानुभयो अनि धर्मशास्त्र पढ्न उभिनुभयो। उहाँलाई यशैयाले लेखेको पुस्तक पढ्न दिइयो र पुस्तक खोलेर उहाँले यस्तो लेखिएको ठाउँ निकालेर पढ्नुभयो– प्रभु परमेश्वरले आफ्ना आत्मा ममाथि खन्याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्कारा दिन, अन्धाहरूलाई देख्ने बनाउन, अत्याचारमा परेकाहरूलाई उठाउन र आफ्ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्वरले मलाई नै छान्नुभएको छ। त्यसपछि येशूले पुस्तक बन्द गरी फिर्ता दिएर बस्नुभयो। त्यहाँ भएका सबैले मक्ख परेर उहाँलाई हेरिरहेका थिए
लूका 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 4:14-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू