YouVersion लोगो
खोज आइकन

लूका 4:14-20

लूका 4:14-20 NNRV

येशू पवित्र आत्‍माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो। उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे। उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्‍नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्‌नलाई खड़ा हुनुभयो। उहाँलाई यशैया अगमवक्ताको पुस्‍तक दिइयो। उहाँले त्‍यो पुस्‍तक खोल्‍नुभयो, र यो कुरो लेखिएको खण्‍ड निकाल्‍नुभयो: “परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति, र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ।” उहाँले पुस्‍तक बन्‍द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्‍नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्‍यो।