आइतबार बिहानै ती स्त्रीहरू आफूले तयार पारेको अत्तर र मलम लिएर येशूको चिहानमा गए। त्यहाँ आइपुग्दा तिनीहरूले चिहानको मुख छोप्ने ढुङ्गा पन्छाइएको भेट्टाए। चिहानभित्र पस्दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्। अलमल्ल परेर उभिरहेको बेलामा अचानक चम्किने लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए। स्त्रीहरू डराएर घोप्टो परे। तब ती दुई जना मानिसले भने, “जिउँदो हुनुभएकोलाई मरेकाहरूको चिहानमा किन खोज्दै छौ? येशू यहाँ हुनुहुन्न। उहाँ मरेकोबाट बिउँतनुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, थाहा छैन? ‘म मानव पुत्र पापी मानिसको हातमापर्नेछु, क्रूसमा झुण्ड्याइनेछु र तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछु’ भन्नुभएको कुरालाई के तिमीहरूले सम्झेका छैनौ?”
लूका 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:1-7
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू