YouVersion लोगो
खोज आइकन

लूका 24:1-7

लूका 24:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हप्‍ताको पहिलो दिन बिहान सखारै ती स्‍त्रीहरूले तयार गरेका सुगन्‍धित द्रव्‍य लिएर तिनीहरू चिहानमा आए। तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए। तर भित्र पस्‍दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्‌। जब तिनीहरू यस विषयमा अलमल्‍ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए। तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्‍यक्तिलाई मृतकहरूका बीचमा किन खोज्‍छौ? उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित भई उठ्‌नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो त्‍यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्‍पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्‌नु आवश्‍यक छ’।”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हप्‍ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए। तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्‍कासि तिनीहरूका अगि उभिए। ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ? उहाँ यहाँ हुनुहुन्‍न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ: ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:1-7 पवित्र बाइबल (NERV)

हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए। चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए। तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए। ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ? येशू यहाँ छैनन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ? उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आइतबार बिहानै ती स्‍त्रीहरू आफूले तयार पारेको अत्तर र मलम लिएर येशूको चिहानमा गए। त्‍यहाँ आइपुग्‍दा तिनीहरूले चिहानको मुख छोप्‍ने ढुङ्गा पन्‍छाइएको भेट्टाए। चिहानभित्र पस्‍दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्। अलमल्‍ल परेर उभिरहेको बेलामा अचानक चम्‍किने लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए। स्‍त्रीहरू डराएर घोप्‍टो परे। तब ती दुई जना मानिसले भने, “जिउँदो हुनुभएकोलाई मरेकाहरूको चिहानमा किन खोज्‍दै छौ? येशू यहाँ हुनुहुन्‍न। उहाँ मरेकोबाट बिउँतनुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, थाहा छैन? ‘म मानव पुत्र पापी मानिसको हातमापर्नेछु, क्रूसमा झुण्‍ड्याइनेछु र तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछु’ भन्‍नुभएको कुरालाई के तिमीहरूले सम्‍झेका छैनौ?”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्