YouVersion लोगो
खोज आइकन

लूका 22:47-53

लूका 22:47-53 सरल नेपाली

येशूले यो कुरा भन्दाभन्‍दै एक हुल मानिसहरू त्‍यहाँ आइपुगे। बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ ती मानिसहरूका अगुवा भई येशूलाई चुम्‍बन गर्न उहाँको नजिक आयो। येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के चुम्‍बन गरेर तिमीले मानव पुत्रलाई धोखा दिन्‍छौ?” आइपर्ने खतरा देखेर येशूसँग हुने चेलाहरूले भने, “प्रभु, तरवार पो चलाउनुपर्छ कि?” एक जना चेलाले चाहिँ तरवार चलाइहाले र मुख्‍य पूजाहारीको नोकरको दाहिने कान नै काटिदिए। तर येशूले, “भयो, छोडिदेओ!” भनेर त्‍यस मानिसको कान छोएर निको पारिदिनुभयो। येशूलाई पक्रन आउनेहरूचाहिँ मुख्‍य सिपाहीहरू, मन्‍दिरका चौकीदार र अरू अगुवाहरू थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका? म दिनहुँ मन्‍दिरमा तिमीहरूसँगै थिएँ। त्‍यस बेला त तिमीहरूले मलाई पक्रने आँट गरेनौ! तर अब त तिमीहरूको काम गर्ने बेला आयो र अन्‍धकारको शक्तिले राज्‍य गर्छ।”

लूका 22 पढ्नुहोस्