YouVersion लोगो
खोज आइकन

लूका 2:9-14

लूका 2:9-14 सरल नेपाली

प्रभुका स्‍वर्गदूत तिनीहरूको सामुन्‍ने देखा परे र प्रभु परमेश्‍वरको उज्‍यालो तिनीहरूको चारैतिर चम्‍कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्‍न लागे। तर स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्‍द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्‍ने आएको छु। सुन, दाऊद जन्‍मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्‍ट जन्‍मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्‍छ। तिमीहरूले बालकलाई थाङ्नाले बेरेर डुँडमा सुताइराखेको भेट्टाउनेछौ र यसैबाट तिमीहरूले उहाँलाई चिन्‍नेछौ।” त्‍यति नै खेर अरू धेरै स्‍वर्गदूतहरू त्‍यहाँ देखा परे अनि परमेश्‍वरको प्रशंसा गर्दै यस्‍तो गीत गाउन लागे, “सबैभन्दा माथि स्‍वर्गमा बास गर्नुहुने परमेश्‍वरको जयजयकार होस्, अनि पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति भइरहोस्।”

लूका 2 पढ्नुहोस्