योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्यतिखेर मरियम गर्भवती थिइन्। तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्केरी हुने बेला भयो र तिनले आफ्नो जेठो छोरा जन्माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्न कहीँ पनि ठाउँ पाएनन्। बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। प्रभुका स्वर्गदूत तिनीहरूको सामुन्ने देखा परे र प्रभु परमेश्वरको उज्यालो तिनीहरूको चारैतिर चम्कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्न लागे। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्ने आएको छु। सुन, दाऊद जन्मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्ट जन्मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्छ। तिमीहरूले बालकलाई थाङ्नाले बेरेर डुँडमा सुताइराखेको भेट्टाउनेछौ र यसैबाट तिमीहरूले उहाँलाई चिन्नेछौ।” त्यति नै खेर अरू धेरै स्वर्गदूतहरू त्यहाँ देखा परे अनि परमेश्वरको प्रशंसा गर्दै यस्तो गीत गाउन लागे, “सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जयजयकार होस्, अनि पृथ्वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्छ, तिनीहरूलाई शान्ति भइरहोस्।” स्वर्गदूतहरू स्वर्गतिर फर्केपछि गोठालाहरूले आपसमा भने, “लौ, प्रभु परमेश्वरले हामीलाई भन्नुभएको कुरा बेथलेहेममा हेर्न जाऔं” र तिनीहरू दगुरेर गए। त्यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे। गोठालाहरूले बालकको बारेमा स्वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए। यी कुराहरू सुन्ने जति सबै छक्क परे। तर मरियमले चाहिँ यी सबै कुरा गहिरोसँग विचार गरेर मनैमा राखिन्। भेडा गोठालाहरूले स्वर्गदूतले भनेजस्तै सुन्न र देख्न पाएकोले परमेश्वरको महिमा र प्रशंसा गर्दै फर्केर गए।
लूका 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:5-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू