YouVersion लोगो
खोज आइकन

लूका 18:18-27

लूका 18:18-27 सरल नेपाली

कुनै एक जना इस्राएली शासकले येशूलाई सोधे, “हे असल गुरु, अजम्‍मरी जीवन पाउन मैले के गर्नुपर्छ?” येशूले तिनलाई भन्‍नुभयो, “तिमी किन मलाई असल भन्‍छौ? परमेश्‍वरबाहेक कोही पनि असल छैन। परमेश्‍वरका व्यवस्थाका आज्ञाहरू त तिमीलाई थाहै छ, व्‍यभिचार नगर्नू, मान्‍छे नमार्नू, नचोर्नू, झूटो साक्षी नदिनू अनि आमा-बुबाको आदर गर्नू।” तिनले जवाफ दिए, “यी सबै आज्ञा त मैले सानैदेखि मान्‍दै आएको छु।” यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीले अझै एउटा काम गर्न बाँकी छ, तिमीसँग भएका सबै कुरा बेचेर गरीबहरूलाई बाँडिदेऊ र तिमीले स्‍वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।” यो कुरा सुनेर तिनी साह्रै खिन्‍न भए किनभने तिनी असाध्‍यै धनी थिए। तिनी खिन्‍न भएको देखेर येशूले भन्‍नुभयो, “देख्‍यौ त, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍न कस्‍तो गाह्रो हुँदो रहेछ। धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!” यो कुरा सुन्‍नेहरूले उहाँलाई सोधे, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?” येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “यो मानिसबाट हुनै नसक्‍ने काम भए पनि परमेश्‍वरबाट चाहिँ हुन सक्‍छ।”

लूका 18 पढ्नुहोस्