YouVersion लोगो
खोज आइकन

लूका 14:21-23

लूका 14:21-23 सरल नेपाली

नोकरले फर्केर सबै कुरा मालिकलाई सुनायो। रिसले झोकिएर मालिकले भने, ‘झट्टै सहरका बाटो-घाटो र गल्‍लीहरूमा जाऊ। त्‍यहाँबाट गरीब, लुला-लङ्गडा र अन्‍धाहरूलाई बोलाएर यहाँ ल्‍याऊ।’ “यति गरेपछि नोकरले मालिकलाई भन्‍यो, ‘हजुर, तपाईंले भन्‍नुभएका सबैलाई मैले बोलाएर ल्‍याएँ। तैपनि अझै ठाउँ त खाली छ।’ फेरि मालिकले भने, ‘शहरको मूलबाटो र गल्‍ली हुँदो गएर मानिसहरूलाई कर लाउँदै लिएर आऊ र मेरो घर भरिओस्!

लूका 14 पढ्नुहोस्