त्यति नै खेर केही फरिसीहरूले येशूकहाँ आएर भने, “तपाईं यहाँबाट निस्केर अन्त कतै गइहाल्नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न खोज्दै छन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भनिदेओ, ‘आज र भोलि भूत निकाल्ने र निको पार्ने काम गर्छु अनि पर्सिचाहिँ काम सक्नेछु।’ तर आज, भोलि र पर्सि म मेरो बाटोमा अघि बढ्नैपर्छ किनभने यरूशलेमबाहेक अरू ठाउँमा अगमवक्ता मारिंदैनन्! “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्वरका दूतहरूलाई ढुङ्गाले हान्छस्। कुखुरीले चल्लालाई छोपेजस्तै मैले कतिपल्ट तेरा छोरा-छोरीहरूलाई बटुल्न खोजें, तर तैँले चाहिँ मानिनस्। हेर्, परमेश्वरले तेरो मन्दिर त्याग्नुहुनेछ अनि अब म भन्छु, जबसम्म तैँले ‘प्रभु परमेश्वरको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ’ भन्दैनस् तबसम्म तैँले मलाई देख्नेछैनस्।”
लूका 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 13:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू