YouVersion लोगो
खोज आइकन

लूका 12:4-8

लूका 12:4-8 सरल नेपाली

येशूले फेरि भन्‍नुभयो, “हे मेरा मित्र हो, म तिमीहरूलाई भन्‍छु, मानिसदेखि नडराओ। तिनीहरूले त खालि तिम्रो शरीरलाई मात्रै मार्न सक्‍छन्, तिमीहरूको आत्‍मालाई त तिनीहरूले केही बिगार गर्न सक्‍दैनन्। कोदेखि डराउनुपर्ने हो भनी म तिमीहरूलाई भन्‍छु, मरेपछि नरकको दण्‍ड दिन सक्‍नुहुने परमेश्‍वरदेखि नै डराउनुपर्छ। हो, उहाँसँग डराओ! तर हेर, पाँच वटा भङ्गेरा दुई पैसामा बेचिन्‍छन्, होइन र? भङ्गेरा यति सस्‍ता भए पनि परमेश्‍वरले एउटैलाई पनि भुल्‍नुहुन्‍न। झन् तिमीहरूको त परमेश्‍वरले एक-एक केशसमेत गन्‍नुभएको छ। त्‍यसैले नडराओ, धेरै भङ्गेराहरूभन्दा त तिमीहरू अझ मूल्‍यवान् छौ। “म तिमीहरूलाई भन्‍छु, जसले मलाई मानिसको सामुन्‍ने मेरो प्रभु भनेर स्‍वीकार गर्छ, त्‍यसलाई म मानव पुत्रले पनि स्‍वर्गदूतको सामुन्‍ने आफ्‍नो हो भनी स्‍वीकार गर्नेछु।

लूका 12 पढ्नुहोस्