त्यसपछि येशूले एउटा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो। तिनले मनमनै विचार गरे, ‘यी सबै अन्न कहाँ राख्ने होला? ठाउँ नै छैन। के गरूँ? अब म यसो गर्छु, ससाना भण्डार र भकारीहरू भत्काएर ठूला-ठूला बनाउँछु र त्यहीँ नै सबै अन्न र चीजबीज राख्छु। त्यसपछि म आफैंलाई भन्नेछु, तँ कति भाग्यमानी छस्! तँसँग वषौं-वर्षसम्म पुग्ने सम्पत्ति छ, सुखसँग खा, पी र मोज-मज्जा गर्’। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आजै राती तेरो प्राण जानेछ र तैँले साँचेर राखेको धन-सम्पत्ति कसले खाला’?” अनि येशूले यो दृष्टान्त टुङ्ग्याउँदै भन्नुभयो, “आफ्नो लागि धन थुपारेर राख्ने मानिसको गति यस्तै हुन्छ। परमेश्वरले यस्ताहरूलाई धनी सम्झनुहुन्न।”
लूका 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 12:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू