मरियमले अभिवादन भनेको सुन्नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्यसै बेला एलीशिबा पवित्र आत्माले भरिइन्। अनि तिनले सोर उचालेर भनिन्, “स्त्रीजातिमा तिमी कति धन्य रहिछौ। धन्य हुन्, तिमीबाट जन्मिनुहुने बालक! म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ? तिमीले अभिवादन भनेको सुन्दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो। प्रभु परमेश्वरले तिमीलाई भन्नुभएको कुरा पूरा हुन्छ भनेर विश्वास गर्ने तिमी कति धन्यकी हौ!” अनि मरियमले भनिन्, “म मेरो हृदयदेखि नै प्रभु परमेश्वरको प्रशंसा गर्छु र मेरो आत्मा मलाई मुक्ति दिनुहुने परमेश्वरसँग रमाउँछ किनभने उहाँले मजस्तो तुच्छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्य भन्नेछन्। शक्तिशाली परमेश्वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्वरको नाउँ पवित्र छ र उहाँको डर राख्नेहरूमाथि उहाँले पुस्तौं-पुस्तासम्म दया गर्नुहुन्छ। उहाँले आफ्नो शक्तिशाली हातले घमण्डीहरूका विचारलाई चकनाचुर पारिदिनुभएको छ। उहाँले घमण्डी राजाहरूलाई सिंहासनबाट झार्नुभएको छ, तर नम्रहरूलाई उहाँले उच्च पार्नुभएको छ। उहाँले भोकाएकाहरूलाई असल कुरा दिनुभएको छ, तर धनीहरूलाई चाहिँ रित्तै हात फर्काइदिनुभएको छ। परमेश्वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्ना दास इस्राएललाई सहायता गर्नुभएको छ, उहाँले अब्राहाम र उनका सन्तानहरूलाई दया गर्न कहिले पनि बिर्सनुभएन।” त्यति बेला मरियम तीन महिना जति एलीशिबासँग बसिन् र त्यसपछि घर फर्किन्।
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:41-56
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
24 Days
The birth of Christ, His advent, marks God's ultimate plan for our redemption. In Christ, we see the fullest picture of God's hope, peace, joy and love. God's Word is the truth by which we know and walk with Him daily. It is our hope that this guide will encourage and facilitate personal time spent in the Word and provide a resource for families with children to do that together.
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू