यो सुनेर मरियमले स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, तब यो कुरा कसरी हुन सक्छ?” स्वर्गदूतले भने, “परमेश्वरको पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ। महान् परमेश्वरको शक्तिको छायाँ तिमीमाथिपर्नेछ। त्यसैकारण जन्मिनुहुने बालक पवित्र हुनुहुनेछ र परमेश्वरको पुत्र कहलाइनुहुनेछ। फेरि सुन, अब तिम्रो नातेदार एलीशिबा पनि छोरा पाउने भएकी छन्। तिनी बुढी भइसकेकी भए पनि अहिले तिनको कोखमा छ महिनाको बालक छ। तिनका त छोरा-छोरी नै हुँदैन भनिएको थियो। तर हेर, परमेश्वरले गर्न नसक्ने कुरा केही छैन।” तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्वरकी दासी हुँ, तपाईंले भन्नुभएको कुरा मलाई पुगोस्।” त्यसपछि स्वर्गदूत त्यहाँबाट बिदा भए। केही दिनपछि मरियम हतार गरेर यहूदिया क्षेत्रमा पर्ने एउटा पहाडी गाउँमा गइन्। त्यहाँ तिनले जकरियाको घरमा गएर एलीशिबालाई अभिवादन गरिन्। मरियमले अभिवादन भनेको सुन्नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्यसै बेला एलीशिबा पवित्र आत्माले भरिइन्। अनि तिनले सोर उचालेर भनिन्, “स्त्रीजातिमा तिमी कति धन्य रहिछौ। धन्य हुन्, तिमीबाट जन्मिनुहुने बालक! म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ? तिमीले अभिवादन भनेको सुन्दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो। प्रभु परमेश्वरले तिमीलाई भन्नुभएको कुरा पूरा हुन्छ भनेर विश्वास गर्ने तिमी कति धन्यकी हौ!”
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:34-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू