विलाप पुस्तक परिचय
पुस्तक परिचय
ख्रीष्ट जन्मनुभन्दा ५८६ वर्षअघि यरूशलेम नाश भएको थियो। त्यसपछि देश ध्वस्त भएको थियो र देशवासीहरू कैदी बनी देशबाट निकाला-वास भएका थिए। त्यही विनाशमाथि बिलौना गर्दै रचिएका पाँच वटा शोकका गीतहरूको सङ्ग्रह यस विलाप-गीतको पुस्तकमा भएको छ। यस पुस्तकको धेरैजसो भाग शोकपूर्ण छ, तापनि त्यसका बीचमा परमेश्वरमाथि भरोसा र आउँदा समयका निम्ति आशाका कुराहरू पनि लेखिएका छन्। हरेक साल यहूदीहरू त्यस विनाशको समय याद गर्दै त्यस बेला आफ्नो जातिमाथि परेको ठूलो बरवादीको निम्ति शोक गर्छन्। त्यसरी शोक मनाएको दिनमा परमेश्वरको पूजा गर्दै यहूदीहरूले यी गीतहरू गाउँछन्।
संक्षिप्त विषय-सूची
यरूशलेमको निम्ति विलाप १:१-२२
यरूशलेममाथि दण्ड २:१-२२
दण्ड र आज्ञा ३:१-६६
ध्वस्त भएको यरूशलेम ४:१-२२
दयाको निम्ति प्रार्थना ५:१-२२
अहिले सेलेक्ट गरिएको:
विलाप पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.