YouVersion लोगो
खोज आइकन

यहोशू 4:1-7

यहोशू 4:1-7 सरल नेपाली

सारा जातिले यर्दन पार गरिसकेपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान्। यर्दनका बीच जहाँ पूजाहारीहरू उभिएका छन्, त्‍यस ठाउँबाट बाह्र वटा ढुङ्गाहरू लिन तिनीहरूलाई आज्ञा गर्‌। ती ढुङ्गाहरू बोकेर लगी आज राती बास बस्‍ने पालमा राखिदिन तिनीहरूलाई भन्।” तब यहोशूले आफूले चुनेका बाह्र जना पुरुषहरूलाई बोलाएर भने, “परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्‍दुक अघि यर्दनमा जाओ र प्रत्‍येक इस्राएली कुलको निम्‍ति एक-एक वटा ढुङ्गा आ-आफ्‍ना काँधमा बोकेर ल्‍याओ। परमप्रभुले के गर्नुभएको थियो, सो कुरा यी ढुङ्गाहरूले मानिसहरूलाई सम्‍झना गराउनेछन्। आउँदा दिनमा जब तिम्रा छोरा-छोरीहरूले यी ढुङ्गाको अर्थ के हो भनी सोध्‍नेछन्, तब तिमीहरूले भन्‍नेछौ कि परमप्रभुको करारको सन्‍दुकले यर्दन पार गर्दा नदी बग्‍न बन्‍द भएको थियो। यी ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यहाँ के घटना भएको थियो, सधैँ त्‍यसको सम्‍झना गराउनेछन्।”

यहोशू 4 पढ्नुहोस्