YouVersion लोगो
खोज आइकन

यहोशू 2:8-11

यहोशू 2:8-11 सरल नेपाली

राती तिनीहरू सुत्‍नुअघि राहाब कौसीमा गई र जासूसहरूलाई भनी, “म जान्‍दछु कि परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। देशका सबै जना तपाईंहरूसित डराएका छन्। तपाईंहरू मिश्र छोडिआउँदा कसरी परमप्रभुले लाल-समुद्र तपाईंहरूको अघि सुकाइदिनुभयो, त्‍यो हामीले सुनेका छौं। यर्दनका पूर्वमा दुई जना एमोरी राजा सीहोन र ओगलाई तपाईंहरूले कसरी मार्नुभयो त्‍यो पनि सुनेका छौं। त्‍यो सुन्‍नेबित्तिकै हामी डरायौं। तपाईंहरूको कारणले हामी सबैको साहस हराएको छ। परमप्रभु तपाईंका परमेश्‍वर स्‍वर्ग र पृथ्‍वीका परमेश्‍वर हुनुहुन्‍छ।

यहोशू 2 पढ्नुहोस्