राती तिनीहरू सुत्नुअघि राहाब कौसीमा गई र जासूसहरूलाई भनी, “म जान्दछु कि परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। देशका सबै जना तपाईंहरूसित डराएका छन्। तपाईंहरू मिश्र छोडिआउँदा कसरी परमप्रभुले लाल-समुद्र तपाईंहरूको अघि सुकाइदिनुभयो, त्यो हामीले सुनेका छौं। यर्दनका पूर्वमा दुई जना एमोरी राजा सीहोन र ओगलाई तपाईंहरूले कसरी मार्नुभयो त्यो पनि सुनेका छौं। त्यो सुन्नेबित्तिकै हामी डरायौं। तपाईंहरूको कारणले हामी सबैको साहस हराएको छ। परमप्रभु तपाईंका परमेश्वर स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ।
यहोशू 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 2:8-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू