यहोशू 12
12
मोशाले जितेका राजाहरू
1 #
गन्ती 21:21-35; व्यवस्था 2:26—3:11 यर्दनको पूर्वमा भएको देश, अर्नोनको बेसीदेखि यर्दनको बेसी र उत्तरमा हेर्मोन पहाडसम्म, इस्राएलीहरूले जितेर आफ्ना अधीनमा लिएका थिए। तिनीहरूले दुई जना राजालाई जितेका थिए। 2एक जना हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोन थिए। तिनको राज्यमा आधा गिलाद पर्थ्यो, त्यसको सिमाना अरोएर (अर्नोन बेसीका किनारमा) र बेसीको माझमा भएको सहरदेखि अम्मोनका सिमानामा भएको यब्बोक नदीसम्म पर्थ्यो। 3त्यस देशभित्र गालीलको समुद्रदेखि दक्षिणमा बेथ-यशीमोतसम्म पर्ने यर्दनको बेसी (मृत सागरको पूर्वपट्टि) र अझ परतिर पिसगा पहाडको फेदीसम्म पर्थ्यो।
4तिनीहरूले बाशानको राजा ओगलाई जिते जो रपाईहरूका आखिरी पुस्तामध्ये एक जना थिए। तिनले अस्तारोत र एद्रेईमा राज गर्थे। 5तिनका राज्यभित्र हेर्मोन पहाड, सलका, गशूरी र माकातीका सिमानासम्मको सारा बाशान र हेश्बोनको राजा सीहोन देशका छेउसम्मको आधा गिलाद पर्दथे।
6 #
गन्ती 32:33; व्यवस्था 3:12 यी दुई राजाहरूलाई मोशा र इस्राएलका मानिसहरूले जिते। परमप्रभुका सेवक मोशाले तिनीहरूका देश रूबेन र गाद कुल र मनश्शेका आधा कुललाई आफ्ना सम्पत्ति बनाउन दिए।
यहोशूले जितेका राजाहरू
7यर्दनको पश्चिमपट्टि पर्ने लेबनानको बेसीको बाल-गाददेखि लिएर दक्षिणमा एदोमको छेउ, हालाक पहाडसम्मका सबै राजाहरूलाई यहोशू र इस्राएलका मानिसहरूले जितेका थिए। त्यो देश यहोशूले इस्राएलका कुलहरूबीच बन्डा गरिदिए र तिनीहरूले सधैँको लागि आफ्ना सम्पत्ति बनाऊन् भनी दिए। 8त्यस भित्र पहाडी देश, पश्चिमका तराई, यर्दन बेसी र त्यसका तराई, पूर्वका भिरालो देश र नेगेव पर्दथे। यस देशमा हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू घरबार गरी बसेका थिए। 9इस्राएलका मानिसहरूले यी तल लेखिएका सहरहरूका राजाहरूलाई जिते– यरीहो, ऐ (बेथेलको छेउमा), 10यरूशलेम, हेब्रोन, 11यर्मूत, लाकीश, 12एग्लोन, गेजेर, 13दबीर, गेदेर, 14होर्मा, आराद, 15लिब्ना, अदुल्लाम, 16मक्केदा, बेथेल, 17तप्पूह, हेपेर, 18अपेक, लश्शारोन, 19मादोन, हासोर, 20शिम्रोन-मोरन, अक्षाप, 21तानाक, मगिद्दो, 22कादेश, योक्नाम (कर्मेलमा), 23डोर (समुद्र किनारमा), गयीम (गालीलमा) 24र तिर्सा जम्मा एकतीस जना राजाहरूलाई जितेका थिए।
अहिले सेलेक्ट गरिएको:
यहोशू 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.