परमप्रभु भन्नुहुन्छ, “तर, अहिले पनि तिमीहरू साँचो मनले पश्चात्ताप गर, उपवास बसेर रुँदै र विलाप गर्दै मकहाँ फर्की आओ। तिमीहरूको पश्चात्तापचाहिँ लुगा च्यातेर होइन; तर टुटेको हृदयले प्रकट होस्।” परमप्रभु आफ्ना परमेश्वरतिर फर्क। उहाँ दयालु, कृपाले भरपूर, धीरजी र आफ्ना प्रतिज्ञा पूरा गर्ने हुनुहुन्छ। उहाँ दण्ड दिन होइन तर क्षमा दिनलाई सधैँ तयार हुनुहुन्छ। सायद परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो मन बदल्नुहुनेछ र प्रशस्त अन्नबालीको आशिष् दिनुहुनेछ। तब तिमीहरूले उहाँलाई अन्न र दाखमद्य चढाउन सक्नेछौ। सियोन डाँडामा तुरही फुक, उपवास बस्ने आज्ञा गर र एउटा पवित्र महासभा बोलाओ। मानिसहरूलाई एकसाथ भेला गर, तिनीहरूलाई एउटा पवित्र महासभाको निम्ति बोलाओ, बुढापाकाहरूलाई ल्याओ, बालबच्चाहरूलाई भेला गर र काखका बच्चाहरूलाई पनि जम्मा गर। भर्खरै बिहे गरेका दुलहा-दुलही पनि घरबाट निस्केर आऊन्। परमप्रभुको सेवा गर्ने पूजाहारीहरूले वेदी र मन्दिर प्रवेश गर्ने ढोकाको बीचमा रोएर प्रार्थना गर्नुपर्नेछ, “हे परमप्रभु, आफ्ना प्रजालाई टिठ्याउनुहोस्। अन्यजातिहरूले हामीलाई ‘तिमीहरूका परमेश्वर खोइ?’ भनेर हाँसो वा खिसी गर्न नपाऊन्।”
योएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योएल 2:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू