YouVersion लोगो
खोज आइकन

अय्‍यूब पुस्‍तक परिचय

पुस्‍तक परिचय
सबै प्रकारका विपत्ति भोग्‍नुपरेका एक जना असल मानिसको कथा अय्‍यूबको पुस्‍तकमा छ। तिनका सबै छोरा-छोरीहरू मर्छन्, सारा सम्‍पत्ति लुटिन्‍छ अनि शरीरमा एउटा घिनलाग्‍दो रोग लाग्छ। त्‍यसपछि अय्‍यूब र तिनका साथीहरूको बीचमा त्‍यस विपत्तिको विषयमा भएको चर्चा कुराकानीको रूपमा देखाइएको छ। लेखकले ती कुराकानीका तीन खण्‍ड काव्‍य रूपमा दिएका छन्। मानिससित परमेश्‍वरको व्‍यवहारको प्रमुख स्‍थान छ भनी ती कुराकानीमा देखाइएको छ र अन्‍तमा परमेश्‍वरले नै अय्‍यूबलाई दर्शन दिनुहुन्‍छ।
पुराना चलिआएका धार्मिक विचारअनुसार साथीहरूले अय्‍यूबलाई तिनका कष्‍टबारे व्‍याख्‍या गर्छन्। परमेश्‍वरले सधैँ भलाइको फल भलाइ अनि खराबीको फल खराब नै दिनुहुन्‍छ। अय्‍यूबले पाप गरेका हुनाले कष्‍ट भोग्‍नुपरेको हो भन्‍ने तिनीहरूको धारणा थियो। तर अय्‍यूबका लागि त्‍यो कुरा त्‍यति सजिलो थिएन। म अत्‍यन्‍त असल र धर्मी मानिस छु। यसर्थ म त्‍यस्‍तो कठोर दण्‍डको योग्‍य छैन भनी तिनले ठान्‍थे। मजस्‍तो मानिसमाथि परमेश्‍वरले कसरी यस्‍तो ठूलो विपत्ति पर्न दिनुहुन्‍छ भनी तिनले बुझ्‍न सकेनन् र तिनले परमेश्‍वरलाई चुनौती दिने आँट गरे। अय्‍यूबले आफ्‍नो विश्‍वास हराउँदैनन् तर परमेश्‍वरको सामु आफू ठीक छु भनी प्रमाण दिन र फेरि एउटा असल मानिसको सम्‍मान पाउन इच्‍छा राख्‍छन्। परमेश्‍वरले अय्‍यूबका प्रश्‍नहरूका उत्तर त दिनुहुन्‍न तर उहाँले आफ्‍नो स्‍वर्गीय शक्ति र बुद्धिको विषयको काव्‍यत्मक चित्रले उनलाई चकित तुल्यायो। त्‍यसपछि अय्‍यूब नम्र बनी परमेश्‍वरलाई महान् र बुद्धिमान् भनी स्‍वीकार गर्छन् अनि आफूले भनेका भन्‍न नहुने शब्‍दहरू र रिसको बोलीको निम्‍ति पश्‍चात्ताप गर्छन्।
अय्‍यूब कसरी फेरि पहिलेकै अवस्‍थामा फर्केर गए अनि तिनको अवस्‍था अघिको भन्दा कसरी अझ असल भयो, ती कुरा गद्यमा लेखेर कथा टुङ्ग्याइएको छ। अय्‍यूबको कष्‍टको ठीक अर्थ बुझ्‍न नसकेको निम्‍ति परमेश्‍वरले अय्‍यूबका साथीहरूलाई हप्‍काउनुहुन्‍छ। चलिआएको धर्मले बताएभन्दा परमेश्‍वर धेरै बढी महान् हुनुहुन्‍छ भनी अय्‍यूबले मात्र बुझे।
संक्षिप्‍त विषय-सूची
भूमिका १:१—२:१३
अय्‍यूब र तिनका साथीहरू ३:१—३१:४०
क) अय्‍यूबको दु:ख पोखाइ ३:१-२३
ख) पहिलो कुराकानी ४:१—१४:२२
ग) दोस्रो कुराकानी १५:१—२१:३४
घ) तेस्रो कुराकानी २२:१—२७:२३
ङ) बुद्धिको प्रशंसा २८:१-२८
च) अय्‍यूबको अन्‍तिम भनाइ २९:१—३१:४०
एलीहूको भाषण ३२:१—३७:२४
परमप्रभुले अय्‍यूबलाई उत्तर दिनुभएको ३८:१—४२:६
उपसंहार ४२:७-१७

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्