YouVersion लोगो
खोज आइकन

अय्‍यूब 29

29
अय्‍यूबका आखिरी वचनहरू
1अय्‍यूब फेरि बोल्‍न थाले।
अय्‍यूब:
2अघि परमेश्‍वरले मेरो रक्षा गर्नुभएको समयजस्‍तै
मेरो यो जीवन पनि हुन सके त!
3त्‍यस बेला परमेश्‍वर सधैँ मसित रहनुहुन्‍थ्‍यो
र म अँध्‍यारोमा हिँड्डुल गर्दा मलाई ज्‍योति दिनुहुन्‍थ्‍यो।
4ती मेरा फलिफापका दिनहरू थिए
र परमेश्‍वरको मित्रताले मेरो घरको रक्षा भएको थियो।
5सर्वशक्तिमान् परमेश्‍वर मसित हुनुहुन्‍थ्‍यो
र मेरा छोरा-छोरीहरूले मलाई घेरिराख्‍थे।
6मेरा गाई-वस्‍तुहरूले प्रशस्‍त दूध दिन्‍थे।
ढुङ्गेनी जमिनमा पनि मेरा जैतुनका वृक्षहरू सप्रिन्‍थे।
7जब सहरका ढोकामा बुढापाकाहरू भेला हुन्‍थे
र म तिनीहरूसित बस्‍थें,
8तब युवा ठिटाहरूले मलाई देखेर ठाउँ छोड्थे
र बुढाहरू मलाई सम्‍मान् देखाउँदै खडा हुन्‍थे।
9अगुवाहरूले कुरा गर्न बन्‍द गर्थे
10र ठूला-ठालुहरूसमेत चुप हुन्‍थे।
11ज-जसले मलाई देख्‍थे, तिनीहरूले मेरो तारिफ गर्थे,
मेरो बारेमा सुन्‍नेहरूले मेरो गुण गाउँथे।
12गरीबहरूले पुकार्दा मैले तिनीहरूलाई सहायता दिन्‍थें,
मैले असहाय टुहुरा-टुहुरीहरूलाई सहारा दिन्‍थें।
13दु:खले मर्न लागेकाहरूले मलाई आशीर्वाद दिन्‍थे।
मैले विधवाहरूलाई आनन्‍दले गाउने तुल्‍याइदिन्‍थें।
14म धार्मिकतालाई वस्‍त्रझैँ पहिरन्‍थें
र इन्‍साफ फेटाझैँ लाउँथें।
15म अन्‍धाको आँखा थिएँ
र लङ्गडाको खुट्टा थिएँ।
16म दरिद्रको बुबाझैँ थिएँ
र म मुद्दामा नचिनेको, नजानेको मानिसको पक्ष लिन्‍थें।
17मैले निर्दयीको शक्तिलाई नाश पार्थें।
र तिनीहरूले गाँजेका शिकारलाई तिनीहरूकै मुखबाट खोस्‍थें।
18“म धेरै दिन बाँचूला,” भन्‍थें
र “सुखसित घरैमा मरूँला,” भनी सोच्‍थें।
19सबै जरामा पानी पुगेको र हाँगामा शीत परेको रूखझैँ म थिएँ।
20सधैँ सबैले मेरो प्रशंसा गर्थे
र मेरो बल कहिल्‍यै घटेन।
21मैले सल्‍लाह दिँदा मानिसहरूले चुपचाप ध्‍यान दिएर सुन्‍थे।
22मैले बोलिसकेपछि तिनीहरूको भन्‍ने कुरा केही रहँदैनथ्‍यो।
मेरो कुरा वर्षाको पानी जमिनमा भिजेझैँ तिनीहरूका मनमा भिज्‍यो।
23बसन्‍तको झरीलाई किसानले स्‍वागत गरेझैँ
तिनीहरूले मेरो कुरा स्‍वागत गर्थे।
24म मुसुक्‍क हाँस्‍दा तिनीहरूले गुमाएको साहस पाउँथे,
मेरो मुखको उज्‍यालो देख्‍दा तिनीहरूले ढाडस पाउँथे।
25मैले सबै कुरामा जिम्‍मा लिन्‍थें र फैसला दिन्‍थें।
राजाहरूले आफ्‍ना सेनाहरूलाई डोर्‍याएझैँ मैले तिनीहरूलाई डोर्‍याउँथें।
तिनीहरू निराश हुँदा मैले तिनीहरूलाई सान्‍त्‍वना दिन्‍थें।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 29: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्