YouVersion लोगो
खोज आइकन

अय्‍यूब 20

20
सोपर भन्‍दछन्‌:
1-2अय्‍यूब, तपाईंले मलाई दिक्‍क पार्नुभयो।
अब म धैर्यधारण गर्न सक्‍दिनँ। म बोल्‍नेछु।
3तपाईंको कुराले मेरो अपमान गर्दछ,
तर म तपाईंलाई उत्तर दिन जान्‍दछु।
4तपाईंलाई यो निश्‍चय नै थाहा छ कि उहिले मानिस पृथ्‍वीमा सृष्‍टि गर्नुभएको समयदेखि नै
5कुनै दुष्‍ट व्‍यक्ति लामो समयसम्‍म खुसी रहन सकेको छैन।
6त्‍यो ठूलो हुन सक्‍छ, आकाश छुन सक्‍छ
र त्‍यसको शिर बादलमा पुग्‍न सक्‍छ।
7तर त्‍यो धुलोझैँ उडेर जान्‍छ
र त्‍यसलाई चिन्‍नेहरूले “खोइ, त्‍यो कहाँ छ?” भनी सोधिहिँड्छन्।
8त्‍यो सपना र रातको छायाँझैँ
हराउनेछ र फेरि देखापर्नेछैन।
9ऊ बसेको ठाउँबाट त्‍यो हराउँछ।
10त्‍यसले गरीबहरूबाट लुटेको त्‍यसका छोराहरूले तिरिदिनेछन्।
11त्‍यसको शरीर तरुण अवस्‍थाको र बलियो छ,
तर त्‍यो चाँडै धुलोमै फर्कनेछ।
12-13त्‍यसलाई दुष्‍ट कुरा स्‍वादिलो लाग्‍छ
र आनन्‍द लिंदै त्‍यसलाई धेरै बेर आफ्‍नो मुखमा राख्‍दछ।
14तर पेटमा त्‍यसको भोजन तीतो हुनेछ,
र साँपको विषझैँ विषालु बन्‍छ।
15दुष्‍टले चोरेको धन बान्‍ता गरेर निकाल्‍दछ,
परमेश्‍वरले त्‍यसको पेटबाट त्‍यो निकाल्‍न लाउनुहुन्‍छ।
16दुष्‍टले निलेको कुरा विषजस्‍तो हो।
विषालु सर्पले डसेझैँ त्‍यसले त्‍यसलाई मार्दछ।
17त्‍यसले जैतुनको तेलको नदी
वा दूध र मह बग्‍ने खोलाहरू देख्‍नेछैन।
त्‍यो त्‍यतिञ्‍जेल बाँच्‍ने नै छैन।
18त्‍यसले आफ्‍नो मेहनतको फल छोड्‍नुपर्नेछ।
त्‍यसले आफ्‍नो धन-सम्‍पत्ति भोग गर्न पाउनेछैन।
19किनभने त्‍यसले गरीबलाई हेला र थिचोमिचो गरेको छ
र अर्कोले बनाएको घर खोसेको छ।
20त्‍यसको लोभ कहिल्‍यै तृप्‍त भएन।
21त्‍यसले सबै खाएर सक्‍नेछ,
तर त्‍यसका सुदिनको अन्‍त हुनेछ।
22जीवन सफलताले भरिभराउ भएको समयमा
दु:ख-कष्‍टको बोझले त्‍यसलाई मिच्‍नेछ।
23त्‍यसले चिताएजस्‍तो खाइराखोस्!
परमेश्‍वरले आफ्‍नो रिस र क्रोध त्‍यसमाथि खन्‍याउनुहुनेछ,
आगो त्‍यसमाथि बर्साउनुहुनेछ।
24फलामे तरवारबाट त्‍यो भाग्‍न खोज्‍दा
काँसाको काँड आई त्‍यसमा रोपिनेछ।
25काँडले त्‍यसको शरीर वारपार छेडिनेछ।
त्‍यसको टल्‍कने टुप्‍पोबाट रगत चुहुनेछ।
त्‍यसको मुटु त्रासले भरिनेछ।
26त्‍यसले सञ्‍चय गरेको धन-सम्‍पत्ति नाश हुनेछ।
मानिसका हातले नसल्‍काएको आगोले त्‍यसलाई र त्‍यसका परिवारलाई भष्‍म पार्नेछ।
27स्‍वर्गले त्‍यसको पाप देखाउनेछ
र पृथ्‍वी त्‍यसको विरुद्धमा गवाही दिन खडा हुनेछ।
28भलले त्‍यसको घरलाई बगाउनेछ,
परमेश्‍वरको क्रोधको दिनमा आउने बाढीले त्‍यसलाई बगाएर लैजानेछ।
29दुष्‍टहरूको भाग्‍य, परमेश्‍वरले खटाइदिनुभएको भाग्‍य यही हो।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 20: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्