YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8:1-12

यूहन्‍ना 8:1-12 सरल नेपाली

येशू जैतुन डाँडामा जानुभयो। भोलिपल्‍ट बिहानै येशू मन्‍दिरमा फर्कनुभयो। सबै मानिसहरू उहाँको वरिपरि भेला भए। येशू बस्‍नुभयो र मानिसहरूलाई शिक्षा दिन लाग्‍नुभयो। धर्म-गुरु र फरिसीहरूले व्‍यभिचार गर्दा फेला परेकी स्‍त्रीलाई ल्‍याएर सबैको अगाडि उभ्‍याए। तिनीहरूले येशूलाई भने, “गुरु, यो स्‍त्री त व्‍यभिचार गर्दागर्दै पक्राउमा परी। हाम्रो व्यवस्थामा मोशाले यस्‍ती स्‍त्रीलाई ढुङ्गाले हानेर मार्नुपर्छ भन्‍ने आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्‍छ त?” तिनीहरूले उहाँलाई दोष लगाउने मौका पाउँछौं कि भनेर यो प्रश्‍न गरेका थिए। तर येशूले निहुरेर भूइँमा औँलाले लेख्‍नुभयो। तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्‍यसैले येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “जसले कहिल्‍यै पाप गरेको छैन, त्‍यसले नै सबैभन्दा पहिले यो स्‍त्रीलाई ढुङ्गाले हानोस्।” त्‍यसपछि येशूले फेरि घोप्‍टिएर भूइँमा लेख्‍नुभयो। यो कुरा सुनेर तिनीहरू एक-एक गर्दै त्‍यहाँबाट हिँडे। पहिले बुढापाकाहरू गए। आखिरमा येशू मात्र छोडिनुभयो अनि त्‍यो स्‍त्री येशूको सामुन्‍ने उभिइरहेकी थिई। येशूले त्‍यसलाई हेरेर भन्‍नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्‍ड दिएनन्?” त्‍यस स्‍त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्‍नुभयो, “तब म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”] फेरि येशूले मानिसहरूलाई सिकाउँदै भन्‍नुभयो, “संसारको ज्योति मै हुँ। मेरो पछि लाग्‍नेले कहिल्‍यै पनि अँध्‍यारोमा हिँड्‍नुपर्नेछैन कारण उसले जीवन दिने उज्‍यालो पाउनेछ।”

यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:1-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति