यरूशलेममा सहरभित्र पस्ने भेडा नाउँ गरेको ढोका छ र त्यसैको छेउमा पाँचतिर पाटी भएको पोखरी छ। यो पोखरीलाई हिब्रू भाषामा बेथेस्दा भनिन्छ। ती पाटी-पौवामा अन्धा, लङ्गडा र हात-खुट्टा नचल्ने धेरै बिरामीहरू बसिरहेका हुन्थे। [तिनीहरू कुन बेला पोखरीको पानी छचल्किन्छ भनेर पर्खिरहेका हुन्थे किनभने बेला-बेलामा प्रभुका एउटा दूत तल आएर पोखरीको पानी छचल्काइदिन्थे। पानीमा लहरी चल्नेबित्तिकै पहिले डुबुल्की मार्ने बिरामीचाहिँ जस्तोसुकै रोग लागेको भए पनि निको भइहाल्थ्यो।] अब ती पर्खिरहने बिरामीहरूमध्ये एक जना अड्तीस वर्षसम्म बिरामी भएको मानिस पनि थियो। येशूले उसलाई त्यहीँ नै लडिरहेको देख्नुभयो। ऊ धेरै वर्षदेखि बिरामी भएको थाहा पाएर येशूले उसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” त्यस बिरामीले भन्यो, “हजुर, पानीमा लहरी चल्ने बेलामा मलाई पोखरीमा लगेर हालिदिने मेरो कोही मानिस छैन। म जान खोज्दाखोज्दै अर्कोले उछिनिहाल्छ।” तब येशूले भन्नुभयो, “उठ र आफ्नो ओछ्यान बोकेर हिँड।” त्यति नै खेर त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्यो। तर त्यो दिन पवित्र विश्रामको दिन थियो।
यूहन्ना 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:2-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू