निकोदेमस नाउँ भएका एक जना मानिस यहूदी महासभाका सदस्य थिए। उनीचाहिँ फरिसी थिए। एक रात उनले येशूकहाँ आएर भने, “गुरुज्यू, तपाईं परमेश्वरबाटै हामीलाई सिकाउन आउनुभएको हो। यो कुरा हामीलाई थाहा भयो। यदि परमेश्वरले साथ दिनुभएन भने कसैले पनि तपाईंले गर्नुभएको जस्तो शक्तिशाली कामहरू गर्न सक्दैन।” येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, नयाँ गरी नजन्मिएसम्म कसैले पनि परमेश्वरको राज्य देख्न सक्दैन।” निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्मिन सक्छ? ऊ फेरि आमाबाट जन्मिन सक्छ र?” येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्छु, पानी र आत्माबाट नजन्मिएसम्म कोही पनि परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मिएको शरीर हो र आत्माबाट जन्मिएको आत्मा हो। तिमीहरू नयाँ गरी जन्मिनुपर्छ भन्ने कुरा सुनेर छक्क नपर। हावा जता मन लाग्यो, त्यतै बहन्छ। हावाको आवाज त तिमीहरू सुन्छौ, तर त्यो कहाँबाट आउँछ अनि कहाँ जान्छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्माबाट जन्मिएको मानिस पनि त्यस्तै हुन्छ।” निकोदेमसले भने, “यस्तो कसरी हुन सक्छ र?” येशूले भन्नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्दैनौ? साँच्चै म तिमीलाई भन्छु, हामीले जानेका कुराको बारेमा बोल्छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्याउँदैनौ। मैले यही संसारमा भएको कुराको बारेमा बोल्दा त तिमीहरूले पत्याउँदैनौ भने झन् स्वर्गको बारेमा बोलें भने त कसरी पत्याउन सक्छौ र? स्वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्वर्गमा गएको छैन। इस्राएलीहरू उजाड-स्थानमा हुँदा मोशाले पितलको सर्प बनाएर काठमा उचालेर राखेजस्तै मानव पुत्र पनि उचालिनुपर्छ। यसरी उहाँमाथि विश्वास गर्ने सबैले अनन्तजीवन पाउनेछन्।” किनभने परमेश्वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्वरको पुत्रमाथि विश्वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्।
यूहन्ना 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 3:1-16
Days दिन
बाइबल अध्ययनले तपाईलाई येशू ख्रिष्टको अपूरणीय ज्योतिमा आकषित गदर्छ । “म संसारको ज्योति हुा... त्यसले जीवनको ज्योति पाउनेछ” (यहून्ना ८ः१२) । यसले तपाईलाई परमेश्वरको वचन तर्फ आकर्षण गर्छ । “मेरो वचन तेरो गोडाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालाृे हो” (भजनसंग्रह ११९ः१०५) र तिमीलाई अन्धकार संसारमा ख्रिष्टको ज्योति हुन सशक्त बनाउछ । “तिमीहरु संसारका ज्योति हौ... तिमीहरुको ज्योति मानिसहरुको सामुन्ने चम्कोस्” (मत्ती ५ः१४) ।
7 Days
How can we live more Christ-centred lives? This 7-day plan, based on Rooted in Love, a Lent book from all the area bishops in the Diocese of London, is full of practical encouragement and hope designed to help you to grow as a disciple and find ways to put God at the centre of your life every day.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू