तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।” येशूले उनलाई भन्नुभयो, “त्यसो भए मेरा पाठाहरूलाई चराऊ।” अनि येशूले पत्रुसलाई दोस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई साँच्चै माया गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।” येशूले भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर।” अनि येशूले पत्रुसलाई तेस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” येशूले उनलाई तीनपल्टसम्म ‘के तिमी मलाई माया गर्छौ’ भनेर सोध्नुभएकोले पत्रुस अति नै दु:खी भए। उनले भने, “प्रभु, तपाईं सबै कुरा जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा पनि तपाईं आफैंलाई थाहा छ।” येशूले पत्रुसलाई भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर। म तिमीलाई भन्छु, तिमी युवा हुँदा आफ्नो पटुका आफैं कस्थ्यौ र जहाँ मन लाग्यो, त्यहाँ जान्थ्यौ। तर बुढो भएपछि तिमीले आफ्ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।” (यो कुरा येशूले भन्नुहुँदा पत्रुसले परमेश्वरको आदर र महिमा गर्न कसरी मर्नुपर्नेछ भन्दै हुनुहुन्थ्यो।) त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो पछि लाग।”
यूहन्ना 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 21:15-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू