येशू चेलाहरूका बीचमा आउनुहुँदा जुम्ल्याहा भनिने थोमाचाहिँ त्यहाँ थिएनन्। अरू चेलाहरूले उनलाई ‘हामीले प्रभुलाई देख्यौं’ भनेर बताए। तर थोमाले भने, “जबसम्म म आफैंले उहाँका हातमा काँटीको डोब देख्तिनँ र आफ्नै औँलाले त्यो काँटीको डोब छुँदिनँ र मेरो हातले उहाँको कोखामा छाम्दिनँ, तबसम्म म विश्वासै गर्दिनँ!” एक हप्तापछि चेलाहरू घरमा ढोका थुनेर बसिरहेका थिए। यसपल्टचाहिँ थोमा पनि तिनीहरूसँगै थिए। ढोका थुनिएकै बेलामा येशूले तिनीहरूको बीचमा आएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” थोमालाई आफ्नो हात देखाएर भन्नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्वास गर।” त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्वर!” भन्दै येशूको पाउमा परे
यूहन्ना 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 20:24-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू