YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:20-26

यूहन्‍ना 17:20-26 सरल नेपाली

“म यिनीहरूका लागि मात्र होइन, तर यिनीहरूका शिक्षाले गर्दा ममाथि विश्‍वास राख्‍नेहरूका लागि पनि प्रार्थना गर्दै छु। तिनीहरू सबै एक हुन सकून् भनेर म बिन्‍ती गर्दै छु। हे पिता, तपाईं ममा र म तपाईंमा भई हामी एक भएजस्‍तै तिनीहरू पनि हामीमा भएर एउटै हुन सकून् र तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले बुझ्‍न सकोस्। तपाईंले मलाई जुन महिमा दिनुभएको छ, त्‍यही महिमा मैले अहिले तिनीहरूलाई पनि दिएको छु, जसरी तपाईं र म एक हौं, त्‍यसरी नै तिनीहरू पनि एक हुन सकून्। म तिनीहरूमा र तपाईं ममा हुनुहुन्‍छ। यही रीतिले तिनीहरू पनि पूर्णरूपमा एक हुन सकून्। यसैबाट तपाईंले नै मलाई पठाउनुभएको हो र तपाईंले मलाई प्रेम गर्नुभएजस्‍तै तिनीहरूलाई पनि प्रेम गर्नुहुन्‍छ भनी संसारले जान्‍न सकोस्। “हे पिता, तपाईंले मलाई दिनुभएका मानिसहरू मसँग नै रहून् र तपाईंले मलाई दिनुभएको महिमा तिनीहरूले देख्‍न सकून्, जुन महिमा तपाईंले सृष्‍टि हुनुभन्दा अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले दिनुभयो। “हे सत्‍य न्‍याय गर्नुहुने पिता, संसारले तपाईंलाई चिन्‍दैन, तर म तपाईंलाई चिन्‍छु र तपाईंले नै मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्‍नेछन्। तपाईंले मलाई गर्नुभएको प्रेम तिनीहरूमा पनि रहन सकोस् अनि म तिनीहरूमा रहन सकूँ भनेर तिनीहरू माझ तपाईंलाई मैले चिनाएँ र अझै पनि चिनाइरहनेछु।”

यूहन्‍ना 17 पढ्नुहोस्