YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:1-5

यूहन्‍ना 17:1-5 सरल नेपाली

यी कुरा भनिसक्‍नुभएपछि येशूले स्‍वर्गतिर हेरेर भन्‍नुभयो, “हे पिता, अब समय आइपुगेको छ। तपाईंको पुत्रले तपाईंकै महिमा देखाउन सकोस् भनेर उसलाई महिमा दिनुहोस् किनभने तपाईंले उसलाई सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ र तपाईंले दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। अनन्त जीवन भनेको तपाईं एक मात्र साँचो परमेश्‍वरलाई चिन्‍नु र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई पनि चिन्‍नु हो। तपाईंले मलाई जिम्‍मा दिनुभएको काम पूरा गरेर मैले तपाईंको नाउँ पृथ्‍वीमा उच्‍च पारेको छु। हे पिता, अब मलाई आफ्‍नै साथमा राखेर त्‍यही महिमा दिनुहोस्, जुन महिमा संसारको सृष्‍टिभन्दा अघि तपाईंको साथमा हुँदा मसँग थियो।

यूहन्‍ना 17 पढ्नुहोस्