तर साँच्चै म तिमीहरूलाई भन्छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। उहाँ आउनुभएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्वरको न्यायबारे तिनीहरूले भुल गरिरहेका छन् भनी देखाउनुहुनेछ। ममा विश्वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ। उहाँले परमेश्वरको अगाडि केचाहिँ ठीक छ, त्यही देखाइदिनुहुन्छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्नेछैनौ। उहाँले तिनीहरूलाई परमेश्वरको न्याय के हो, देखाइदिनुहुनेछ किनभने यस संसारको राजा अघि नै दोषी ठहरिसकेको छ।”
यूहन्ना 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 16:7-11
८ दिन
तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू