YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:7-11

यूहन्‍ना 16:7-11 सरल नेपाली

तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्‍छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्‍मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। उहाँ आउनुभएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्‍वरको न्‍यायबारे तिनीहरूले भुल गरिरहेका छन् भनी देखाउनुहुनेछ। ममा विश्‍वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ। उहाँले परमेश्‍वरको अगाडि केचाहिँ ठीक छ, त्‍यही देखाइदिनुहुन्‍छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्‍नेछैनौ। उहाँले तिनीहरूलाई परमेश्‍वरको न्‍याय के हो, देखाइदिनुहुनेछ किनभने यस संसारको राजा अघि नै दोषी ठहरिसकेको छ।”

यूहन्‍ना 16 पढ्नुहोस्