“साँचो अङ्गुरको बोट म नै हुँ अनि मेरा पिताचाहिँ बोटको हेरचाहा गर्ने किसान हुनुहुन्छ। ममा भएका नफलाउने हाँगाहरूलाई उहाँले छाँट्नुहुन्छ, तर फलाउनेहरूलाई अझै धेरै फलाऊन् भनेर छिमल्नुहुन्छ। हेरचाहा गर्ने किसानले हाँगालाई छिमलेर सफा गरेजस्तै मैले भनेका यी वचनहरूले तिमीहरूलाई शुद्ध गरिसकेको छ। तिमीहरू ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगाले बोटमा नरहीकन फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरूले पनि ममा नरही फल फलाउन सक्दैनौ। “अङ्गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्छ, म पनि उसमा रहन्छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्दैनौ।
यूहन्ना 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 15:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू