YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:15-19

यूहन्‍ना 14:15-19 सरल नेपाली

“यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मैले दिएको आज्ञा मान्‍छौ। म पितासँग माग्‍नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ। उहाँ सत्‍यका आत्‍मा हुनुहुन्‍छ। तर संसारले उहाँलाई पाउन सक्‍दैन किनभने संसारले उहाँलाई न देख्‍छ नता चिन्‍छ। तर तिमीहरूले उहाँलाई चिन्‍छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्‍छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ। म तिमीहरूलाई टुहुराजस्‍तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु। अलि बेरपछि संसारले मलाई फेरि देख्‍नेछैन, तर तिमीहरूले भने मलाई देख्‍नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ।

यूहन्‍ना 14 पढ्नुहोस्