YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:12-14

यूहन्‍ना 13:12-14 सरल नेपाली

चेलाहरूको खुट्टा धोइसक्‍नुभएपछि येशूले खास्‍टो ओड्‍नुभयो र फेरि खान बस्‍नुभएपछि भन्‍नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्‍यौ? तिमीहरूले मलाई गुरु र प्रभु भन्‍छौ। यो कुरा ठीक नै हो, म तिमीहरूका प्रभु र गुरु नै हुँ। मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।

यूहन्‍ना 13 पढ्नुहोस्