YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 12:37-50

यूहन्‍ना 12:37-50 सरल नेपाली

येशूले मानिसहरूकै अगाडि यतिका शक्तिशाली चिन्‍हहरू गर्नुभएको थियो तापनि तिनीहरूले उहाँमाथि विश्‍वास गरेनन्। यसरी यशैया अगमवक्ताले भनेका यो कुरा पूरा हुन आयो– हे प्रभु, हामीले भनेका कुरा कसले पत्‍यायो? प्रभुले गर्नुभएका शक्तिशाली काम कसलाई प्रकट भयो? फेरि तिनीहरूले विश्‍वास गर्न नसकेका कारणका बारेमा यशैयाले यसरी भनेका छन्– परमेश्‍वरले तिनीहरूका आँखा बन्‍द गरिदिनुभएको छ र तिनीहरूको मनलाई कठोर पारिदिनुभएको छ। “त्‍यसैले तिनीहरू आँखाले देख्‍तैनन्, मनले बुझ्‍दैनन् र मकहाँ फर्किंदैनन्। नत्रता म तिनीहरूलाई निको पार्नेथिएँ,” भनेर प्रभु परमेश्‍वरले भन्‍नुहुन्‍छ। यशैयाले येशूको ठूलो महिमा देखेर उनले येशूकै बारेमा भनेका थिए। तापनि धेरै यहूदी अगुवाहरूले येशूमाथि विश्‍वास गरे। तर फरिसीहरूको डरले गर्दा तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन् किनभने अरूले यो कुरा थाहा पाएको भए तिनीहरू यहूदी सभाघरबाट निकालिने थिए। तिनीहरूले त परमेश्‍वरबाट भन्दा मानिसहरूबाट पाइने प्रशंसा मन पराउँथे। सबैले सुन्‍ने गरी येशूले भन्‍नुभयो, “ममाथि विश्‍वास गर्नेले ममाथि मात्र होइन, मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ अनि मलाई देख्‍नेले मलाई पठाउनुहुनेलाई देख्‍छ। संसारको उज्‍यालो म नै हुँ। ममाथि विश्‍वास गर्ने कोही पनि अँध्‍यारोमा नरहोस् भनेर म संसारमा आएँ। मेरो कुरा सुनेर नमान्‍ने र नगर्नेहरूलाई दोषी ठहराउनेचाहिँ म होइनँ किनभने म संसारलाई दोषी ठहराउन होइनँ, तर बचाउन आएको हुँ। मैले भनेको वचन सुनेर पनि विश्‍वास गर्न नमान्‍नेचाहिँ दोषी ठहरिन्‍छ। मैले भनेको वचनले नै उसलाई त्‍यो आखिरी दिनमा दोषी ठहराउनेछ किनभने यी कुरा मैले आफ्‍नै तर्फबाट भनेको होइनँ, तर मलाई पठाउनुहुने पिताले नै मैले भन्‍नुपर्ने र बोल्‍नुपर्ने कुराको आज्ञा मलाई दिनुभएको हो। मलाई थाहा छ, उहाँको आज्ञाले अनन्त जीवन दिन्‍छ। त्‍यसैले म जे भन्‍छु, पिताले भन्‍न लगाउनुभएको कुरा नै भन्‍छु।”

यूहन्‍ना 12 पढ्नुहोस्