YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 12:1-7

यूहन्‍ना 12:1-7 सरल नेपाली

निस्तार भन्‍ने चाडभन्दा छ दिनअघि येशू फेरि बेथानिया गाउँमा आउनुभयो। त्‍यही गाउँमा येशूले मरेकोबाट बिउँताउनुभएको लाजरस बस्‍थे। येशू आउनुभएको खुसीयाली मा तिनीहरूले खाना तयार गरे। मार्थाले खाना टक्र्याउँदै थिइन्। लाजरसचाहिँ येशू र अरू पाहुनाहरूको साथमा टेबिलमा ढल्‍कँदै खान लागेका थिए। त्‍यस बेला मरियमले जटामसीको बोटबाट बनाएको आधा लिटर दामी सुगन्‍धित अत्तर ल्‍याइन् र त्‍यसलाई येशूको पाउमा घसेर आफ्‍नै कपालले पुछिन्। त्‍यो अत्तरको बास्‍नाले घरै भरियो। प्रभुलाई विश्‍वासघात गर्ने चेला यहूदा इस्‍करियोतले भन्‍यो, “यो अत्तर त तीन सय चाँदीका सिक्‍कामा बेचेर गरीबलाई दिए भइहाल्‍थ्‍यो नि, किन नदिएको?” उसले गरीबको माया गरेर होइन, तर चोर भएकोले यसो भनेको थियो। पैसाको थैलो उसलाई नै राख्‍न दिइएको थियो र उसले यसबाट पैसा झिक्‍ने गर्थ्‍यो। येशूले भन्‍नुभयो, “भइहाल्‍यो, उसलाई केही नभन! मलाई गाड्‍ने दिनको लागि उनले मलाई यो अत्तर लगाइदिएकी हुन्।

यूहन्‍ना 12 पढ्नुहोस्