येशूले गर्नुभएको यो काम देखेर मरियमलाई भेट्न आएका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तर कतिले चाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कामको बारेमा सुनाइदिए। त्यति बेला मुख्य पूजाहारी र फरिसीहरूले यहूदी महासभा बोलाएर सल्लाह गर्दै भने, “अब हामीले के गरौं? त्यो मानिसले त धेरै अचम्मका कामहरू गर्दै छ। यदि हामीले त्यसलाई यसो गर्न दिइरह्यौं भने सबै मानिसहरूले त्यसलाई विश्वास गर्नेछन् अनि रोमी सेनाहरू आएर हाम्रो मन्दिरलाई भत्काउनेछन् र हामी यहूदी जातिलाई पनि नाश गर्नेछन्।” तिनीहरूमध्ये एक जना कैयाफा नाउँ गरेका मानिस थिए। उनी नै त्यस वर्षका प्रधान पूजाहारी थिए। उनले भने, “तिमीहरू बुझ्दैबुझ्दैनौ। पूरा जाति नाश हुनुभन्दा त जनताको लागि एक जना मात्रै मर्नु बेस हो भन्ने कुरा तिमीहरूलाई थाहा छैन?” यो कुरा उनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर उनी त्यस वर्षको प्रधान पूजाहारी भएको हुनाले येशू यहूदी जातिका लागि मर्नुहुनेछ भन्ने कुरा उनले भविष्यवाणी गरेका थिए। यहूदीहरूका लागि मात्र होइन, तर तित्तर-बित्तर भएका परमेश्वरका सन्तानहरूलाई ल्याएर एकैसाथ जम्मा गर्न येशू मर्नुहुनेछ भनेका थिए। त्यसै दिनदेखि यहूदी अगुवाहरूले येशूलाई मार्न जाल रच्न थाले। यसो हुँदा येशू त्यस दिनदेखि यहूदियामा खुल्लमखुल्ला हिँड्नुभएन। उहाँ उजाड-स्थानको नजिकै पर्ने एफ्राइम सहरमा जानुभयो र आफ्ना चेलाहरूसँग त्यहीँ नै बस्नुभयो। यहूदीहरूको निस्तार भन्ने चाड आउनै लागेको थियो। त्यसैले गाउँ-गाउँका धेरै मानिसहरू चाड आउनुभन्दा अगाडि नै आ-आफूलाई चोखो बनाउन यरूशलेममा आइपुगे। तिनीहरूले ‘येशू आउनुहुन्छ कि?’ भनेर बाटो हेरिरहेका थिए। मन्दिरमा भेला हुँदा तिनीहरूले आपसमा यसो भने, “तिम्रो के विचार छ हँ? ऊ चाडमा नआउने हो की?” मुख्य पूजाहारी र फरिसीहरूले येशूलाई पक्रिन चाहन्थे। त्यसकारण तिनीहरूले ‘येशू कहाँ हुनुहुन्थ्यो भनी थाहा पाउनेहरूलाई खबर ल्याउनू’ भनेर अह्राएका थिए।
यूहन्ना 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 11:45-57
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू