मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे। तर तिनीहरूमध्ये कोहीचाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए। तब मुख्य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाए र तिनलाई भने, “अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ। यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्रस्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्।” तर तिनीहरूमध्ये एक जना, कैयाफा, जो त्यस वर्षका प्रधान पूजाहारी थिए, उनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ! समस्त राष्ट्र नष्ट हुनुभन्दा बरु जनताको निम्ति एक जना मानिस मर्नुमा नै तिमीहरूको कल्याण छ भनी तिमीहरू बुझ्दैनौ।” यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर त्यस वर्षका प्रधान पूजाहारी भएका हुनाले राष्ट्रको निम्ति येशू मर्नुपर्छ भन्ने अगमवाणी बोलेका हुन्। राष्ट्रको निम्ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्ट भएका परमेश्वरका सन्तानलाई एकसाथ जम्मा गर्नलाई यो भनिएको थियो। यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे। यसैकारण येशू फेरि यहूदीहरूका बीचमा खुल्लमखुल्ला हिँड्डुल गर्नुभएन, तर त्यहाँबाट उजाड-स्थानको नजिकमा रहेको एफ्राइम भन्ने सहरमा जानुभयो, र त्यहाँ चेलाहरूसँग बस्नुभयो। यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्तार-चाड़को आरम्भ हुन अघि यरूशलेममा गए। तब तिनीहरूले येशूलाई खोजे, अनि तिनीहरू मन्दिरमा खड़ा हुँदा आपसमा भन्न लागे, “तिमीहरूलाई कस्तो लाग्छ, के उनी चाड़मा आउलान्?” मुख्य पूजाहारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाहा पाए खबर गर्नू भन्ने आज्ञा दिएका थिए।
यूहन्ना 11 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 11:45-57
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू