YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 10:7-11

यूहन्‍ना 10:7-11 सरल नेपाली

त्‍यति बेला येशूले फेरि भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, भेडाको गोठमा पस्‍ने ढोका म नै हुँ। मभन्दा पहिले आउने सबै चोर र डाकु थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। गोठमा पस्‍ने ढोकाचाहिँ म नै हुँ, मबाट भित्र पस्‍नेहरू सबै बाँच्‍नेछन्। उनीहरू भित्र-बाहिर आउने-जाने गर्नेछन् र खर्कमा चर्न पाउनेछन्। चोर त चोर्न, मार्न र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्‍यो प्रशस्‍त मात्रामा पाऊन् भनेर आएको हुँ। “असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्‍नो भेडा बचाउन मर्न पनि तयार हुन्‍छ।

यूहन्‍ना 10 पढ्नुहोस्

यूहन्‍ना 10:7-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति